add

नेवाः खलः ह्यामबर्गद्वारा इही

Swoniga Online – Surendra Bhakta Shrestha | २०८० फाल्गुण २५, शुक्रबार वर्गीकृत अन्तर्राष्ट्रिय

नेवाः खलः ह्यामबर्गको आयोजनामा गत  शनिवार जर्मनको हिन्दु मन्दिरमा इही (बेलविवाह) सम्पन्न भएको छ । वल्र्ड नेवाः अर्गनाइजेशनको संयोजनमा भएको कार्यक्रममा चार जना बालिकाहरुको सहभागिता रहेको थियो ।  नेवाः खलः ह्यामवर्गका अध्यक्ष  मानव कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको संयोजकत्व नेवाः खलःको महिला तथा संस्कृति संयोजक उर्मिला बदगामी श्रेष्ठले गर्नुभएको थियो । 

वल्र्ड नेवाः अर्गनाइजेशनका केन्द्रीय उपाध्यक्ष रजनी प्रधानको प्रमुख आतिथ्यतामा डब्लूएनओका सल्लाहकार रविन्द्रमान श्रेष्ठ,  यूरोप कोअर्डिनेटर कुमार नापितलगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा गैरनेवारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न महानुभाव तथा संघसंस्थालाई अध्यक्ष श्रेष्ठ र यूरोप कोअर्डिनेटर नापितले धन्यवाद ज्ञापन गर्नुभएको थियो । इही संस्कारको पूजा योगेन्द्र बज्राचार्यले गराउनु भएको थियो । 

इही कार्यक्रम सफल पार्नका लागि बिजय खडका, सेसन श्रेष्ठ, विनीता मरहट्टा, योगेस श्रेष्ठ, किशीर गुरुङ, चन्द्र राई,  आसिस तन्दुकार, माया क्षेत्री, अमृत बासुकला, श्रद्धा तिवारी, नरेन्द्र श्रेष्ठ, छिरिङ राई, कल्पना वाग्ले, शर्मिला रोक्का (सीमा), चली गुरुड, संगिता वराल, सुमी पाण्डे, सुमी गुरुङ, शशि गुरुङ्ग, जुनु गुरुङ्ग, अनिता मास्के, सुनिता राई, पार्वती श्रेष्ठ, रजनी श्रेष्ठ, जगन श्रेष्ठ, सारा राई, इन्सु तन्डुकार, रोशन श्रेष्ठ, पदम श्रेष्ठ, गंगा बदगामी श्रेष्ठ र गणेशमान ताल्चा भडेलले विशेष सहयोग गर्नुभएको जानकारी प्राप्त भएको छ ।