add

हिमालय लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २४, बुधबार वर्गीकृत आर्थिक

ललितपुर/ २४ माघ, हिमालयन बैंक लिमिटेडकोे सहायक कम्पनी हिमालयन लघुबित्त बित्तीय संस्था लिमिटेडले ललितपुर शंखुकी मानमायाँ लामालाई बीमा दाबीको रकम भुक्तानी गरेको छ ।गोदावरी नगरपालिका टीकाभैरवमा रहेको हिमालयन लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालयले कोन्ज्योसोम गाउँपालिका वडा न २ शंखु घर भएकी मानमाया लामालाई बीमा दावी बापतको १ लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

टीकाभैरब शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह नं. १ बाट  १ लाख ५५ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको संस्थाले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । हिमालयन लघुबित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान कालु  सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बीमा बापतको रकम उपलब्ध गराएको संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।