add

बंगलादेशमा अहिलेसम्मकै लामो गर्मी

Swoniga Online – Birajkaji Rajopadhyaya | २०८० जेठ २५, बिहिबार वर्गीकृत अन्तर्राष्ट्रिय

बंगलादेशले अहिलेसम्मकै लामो गर्मीको सामना गरिरहेको छ । सन् १९७१ मा बंगलादेश बने यता यति लामो गर्मीको सामना गर्नु परेको पहिलो पटक भएको त्यहाँका मौसविद्हरुले जनाएका हुन् ।

गर्मीको कारण राजधानी ढाकालगायत बंगलादेशभर तापक्रम बढ्ने र तातो हावा चल्ने क्रम जारी रहेको छ । राजधानी ढाकाको तापक्रम ४२ डिग्री सेल्सियस माथि पुगेको छ ।

गर्मीका कारण जनजीवनको बेहाल भएको छ भने देशभरका विद्यालयहरु बन्द गरिएका छन् ।

गर्मीका कारण एयर कन्डिसनर, कुलर र पंखाको माग बढे पनि उर्जा अभावका कारण त्यस्ता उपकरणको प्रयोग हुन सकेको छैन ।

कोइलाबाट संचालित उर्जा प्लान्टहरुले भार थेग्न नसक्दा लामो लोडसेडिङ हुने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।