add

उत्कृष्ट १० मा सर्वाधिक चर्चामा आएको कृति चोभार ब्लुज

Swoniga Online – Swoniga Online Reporter | २०८० माघ ५, शुक्रबार वर्गीकृत कला

साहित्यकार विक्रम भक्त जोशीको पहिलो कृति नेपाली निकथा संग्रह चोभार ब्लुज प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको उत्कृष्ट १० मा परेको छ ।

श्री रामगीता वाङ्गमय मन्दिर नेपाल–अमेरिकाद्वारा प्रदान गर्न लागिएको प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कारको लागि उत्कृष्ट १० कृतिमा चोभार ब्लुज परेको हो । चोभार ब्लुज निकथाकार साहित्यकार बिक्रम भक्त जोशीको पहिलो कृति हो ।

साहित्यकार जोशी पेशाले सिभिल इन्जिनियर हुन् भने उनी निवर्तमान बैंकर पनि हुन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर उनी बालसाहित्यमा पनि दखल राख्दछन् ।

चोभार ब्लुज निकथा सङ्ग्रह हो । जसमा १९ निकथा समाविष्ट छन् । निकथा भन्नाले नियात्रा र निबन्धको फ्लेभर मिसिएको कथा भन्ने बुझिन्छ ।

यो कृति साहित्यपोष्ट उत्तम आख्यान पुरस्कार प्रतियोगितामा द्वितीय बनेको थियो भने नारी स्रष्टा समाजद्वारा २०८० सालको वर्ष पुस्तक सम्मान पनि प्राप्त गरिसकेको छ ।