add

राधी विद्युत कम्पनीको बोनस शेयर सूचीकृत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १४, सोमबार वर्गीकृत आर्थिक

काठमाडौं/१४ फागुन, नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा राधी विद्युत कम्पनीको बोनस शेयर सोमवार (आज) सूचीकृत भएको छ ।

कम्पनीको ७ लाख ९६ हजार ९० दशमलव ४१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सकिनेछ ।  

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।