add

साताैं हलिं नेवा: दिवस सम्पन्न

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र १८, आइतबार वर्गीकृत विश्व

काठमाडौँ/ १८ चैत: ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस' भन्ने नारा सहित सातौ हलिं नेवा: (विश्व नेवा:) दिवस मनाइएको छ। विश्वभर छरिएर रहेको नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक बर्ष मार्च महिनाको अन्तिम शनिवार यो दिवस मनाउने निर्णय अनुसार शनिबार विश्वकाे ३५ओैं कलानगरी पाटनको दरवार क्षेत्रमा मनाइएको हो।
कार्यक्रममा बरिष्ठ हास्य कलाकार (ख्याली जुजु) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि पूर्ब अतिरिक्त महनिरिक्षक ध्रुब बहादुर प्रधान ,बागमती प्रदेश सांसद रघुनाथ महर्जन, प्रेमभक्त महर्जन, हरिप्रभा श्रेष्ठ खड्गी,ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, ललितपुर प्रहरी परिसरका प्रमुख बरिष्ठ प्रहरी निरीक्षक शेखर खनाल, नेवा: देय दबुका अध्यक्ष,पबित्र बज्राचार्य , ललितपुर महानगरपालिका १६ वडा अध्यक्ष निर्मल रत्न शाक्य, वर्ल्ड नेवा: अर्गनाइजेसनकन केन्द्रीय उपाध्यक्ष शाक्य सुरेन, सचिब लुमु श्रेष्ठ, ए आर फेसन डिजाइनका अध्यक्ष अमृत रत्न शाक्यलगायतकाे उपस्थिति रहेको थियो।
नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रीयकरण गर्न दिवस मनाउन थालिएको जनाएको छ । काठमाण्डाै उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलवासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबैभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा छन् ।
नेपालभाषा क्षेत्रका नक्षत्रको रुपमा रहेका ५ दशक लामो भाषिक क्षेत्रमा अध्यापन तथा विभिन्न विधामा पुस्तक लेखन एवम् प्रकाशन साधे निरन्तर भाषागत अध्ययन अनुसन्धानकर्ता भाषाविज्ञ नेपाल भाषा कला , साहित्य ,कथा लगाएत बिभिन्ना क्षेत्रमा योगदान गरे बापत भाषा वरिष्ठ भाषासेवी राजा शाक्य, बौद्ध विद्वान् एवम् वरिष्ठ साहित्यकार साहित्य वरिष्ठ साहित्यकार प्रा . सुवर्ण शाक्य , पूर्वकूलपति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा मूर्धन्य वरिष्ठ चित्रकारकला वरिष्ठ चित्रकार किरण मानन्धर , दशौ विश्व शारीरिक सुगठन प्रतियोगिता विजेता ( विश्व च्याम्पियन ) शारीरिक सुगठन खेलकूदमा ख्याती कमाएका महेश्वर महर्जन ,प्रशासनमा नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री तथा पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान , स्वास्थ्य तर्फ ( वरिष्ठ नेफ्रोलोजिष्ट ) धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक सन् २००८ मा नेपालमा पहिलोपटक मृगौला प्रत्यारोपण गर्नुहुने प्रत्यारोपण विशेषज्ञ नेपालकै पहिलो कलेजो प्रत्यारोपण गर्ने चिकित्सक अंग प्रत्यारोपण अस्पताल स्थापना गर्न नेतृत्वदायी भूमिका खेल्ने चिकित्सक डा . पुकार चन्द श्रेष्ठ, उद्यम तर्फ वरिष्ठ महिला उद्यमी हाइड्रोपावर क्षेत्रमा अग्रणी महिला व्यवसायी सुमन कर्माचार्य , पर्यटन तर्फ ४ दशक भन्दा बढी पर्यटन विकास क्षेत्रमा कार्यरत पर्यटन व्यवसायी तथा होटल व्यवसायी अजय स्थापित , इतिहास तर्फ लामो समय नेपालको इतिहासमा योगदान रहेका वरिष्ठ इतिहास विध योगेन्द्रमान श्रेष्ठ, कलाकार र निर्देशकमा नेपाली मिडिया निर्देशन तथा गीतकार एवम कलाकार भन्दा सामानमयदेखि निरन्तर योगदान गरे बापत कलाकार पवन जोशी , नेपालभाषामा सर्वाधिक चर्चित गायिकामा निशा देसार , कलाकारमा भिन्तुना जोशी र  नेपाल भाषाको नियमित प्रकाशन भै रहेको एकमात्र दैनिक पत्रिका नेपाल भाषा टाइम्सका सम्पादक सुरेस किरण मानन्धरलाइ सम्मान गरिएको थियो।
यसै गरि कार्येक्रममा वर्ल्ड नेवा: अर्गनाइजेसन केन्द्रको संरक्षक दया रत्न शाक्यजुको नेवारलोजि म्यायटसं तथा हलिं नेवा: स्मारिका बिमोचन गरिएको थियो।